Rule 72
बन पैदावारको उत्पादन र उपयोग
(१) ऐनको दफा २६ को उपदफा (१) को खण्ड (क), (ख) र (ग) को प्रयोजनको लागि प्रदान गरिएको कबुलियती वनको वन पैदावार स्वीकृत कार्ययोजनामा उल्लिखित परिमाणमा त्यस्तो कार्ययोजनामा उल्लिखित सर्तको अधीनमा रही उपयोग वा बिक्री वितरण गर्न सकिनेछ।

(२) कबुलियती वन लिने सङ्गठित संस्थाले कबुलियती वनमा वृक्षारोपण गरेको वन पैदावारको प्रजाति र परिमाण खुलाई डिभिजन वन कार्यालयमा प्रतिवेदन पेस गर्नु पर्नेछ।

(३) उपनियम (१) बमोजिमको कबुलियती वनको वन पैदावार सङ्कलन, बिक्री वितरण र ओसारपसार गर्दा डिभिजन वन कार्यालयको टाँचा र सिल प्रयोग गरी ओसारपसार गर्नु पर्नेछ।